सम्पूर्ण नतिजा ८ दिनभित्र आउँछ- आयुक्त थपलिया - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सम्पूर्ण नतिजा ८ दिनभित्र आउँछ- आयुक्त थपलिया



काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् ।

आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानमा मतदान गरेरै ८ दिनभित्र नतिजा आउने थपलियाले बताए ।

“प्रत्यक्ष र समानुपातिक मतगणनासँगसँगै आउने गरी मतगाणना कार्य अघि बढाइएको छ । हामीले ८ दिनभित्र सक्ने भनेको हो । कहीँ मतदान स्थगन हुँदैन भन्ने विश्वास थियो,” उनले भने, “ढुक्क हुनुस् । आजको ८ मितिले दिनमा ती जिल्लासहित निर्वाचन गरेर मतदान गरेर नतिजा निकाल्छौँ ।”

उनका अनुसार नवलपरासीमा भोलि नै मतगणना गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । गुल्मीमा भोलि वा पर्सीमा हुने उनले बताए । सुर्खेतमा पर्सी हुने भएकाले यी जिल्लामा ६ गतेभित्र पुन मतदान हुने बताए । बाजुरामा फेरि मतपत्र छाप्नुपर्ने अवस्था भए १–२ दिन लम्बिने उनको भनाइ छ ।