बुटवलका हास्य कलाकार माईला'बाको तिज कोसेली “अाटोको दर” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बुटवलका हास्य कलाकार माईला’बाको तिज कोसेली “अाटोको दर” बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /असार १६ 

नेपाली नारीहरूको महान् चाड हरितालिका तिज नजिकिंदैछ, यसै समयलाई लक्षित गर्दै धेरै तिज गीतहरू पनि गत वर्ष जस्तै बजारमा आउलान् तर मौलिक तिज गीतको नाममा रत्यौली गीतहरू बजारमा आउने पनि लर्को लाकेको छ तर लामो समय देखि दर्शक श्रोतालाई पेट मिजि मिजि हसाँउन माहिर विष्णु जी पाण्डे “ माईला बा ” ले मौलिक र सरल गाउँमा बोलिने शब्द प्रयोग गरी “ अाटोको दर ” बोलको तिजको कोसेली हालै मात्र सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा माईला बा कै शब्द , लय, स्वर रहेको छ भने गीतमा अभिनय पनि उनैले गरेका छन् । कमेडि बेसमा तर सन्देश मूलक तरिकाले प्रस्तुति गरिएको गीतको भिडियोलाई स्मृति तिमिल्सिना “ गुरुअामा” गरेकी छिन भने छायाङ्कन पनि उनैको रहेको छ भिडियोलाई सुदन बस्नेतले सम्पादन गरेका छन् । गीत विष्णु जी पाण्डे माईला बा र शोभा पाण्डेको प्रस्तुतिमा आशिष् म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।