आउने चुनावबाट प्रधानमन्त्री बन्छु' : गच्छदार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आउने चुनावबाट प्रधानमन्त्री बन्छु’ : गच्छदार



हिमाल पोष्ट / २३ चैत, काठमाडौं । बुधवारदेखि संसदको पाँचाैं ठूलो दलमा पुनरागमन भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष बिजय गच्छदारले आउने चुनावमा तेस्रो पार्टी हुने घोषणा गरेका छन् । उनले आउने मंसिरमा हुने संसदको चुनावमार्फत आफू प्रधानमन्त्री बन्ने समेत घोषणा गरेका छन् ।

 

जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीसँग एकीकरणपछि आयोजित घोषणासभालाई निकै लामो सम्बोधन गर्दै गच्छदारले ठूला पार्टीको तीब्र आलोचना गरे ।

उनले अब वैकल्पिक शक्तिका रुपमा नेपालमा लोकतान्त्रिक फोरम उदाउने दाबीसमेत गर्न भ्याए ।

गच्छदारले भने- कांग्रेस र एमालेलाई पनि जित्ने लक्ष्य राखेर हामी गाउँ पस्नुपर्छ, यसपटक हामी तेस्रो शक्ति हुन सक्छौं । माओवादीले तेस्रो शक्तिको हैसियत कायम राख्न गाह्रो छ । राप्रपा एकीकरणसँगै फुटिसकेको छ, उसै पनि राप्रपा वैकल्पिक लोकतान्त्रिक शक्ति होइन ।

चुनाव कसरी जित्नुपर्छ भन्ने अनुभव र योजना आफूसँग रहेको भन्दै गच्छदारले अब फोरम लोकतान्त्रिक हिमाल, पहाड र तराई सबैतिरको साझा पार्टी भएकाले तेस्रो शक्ति बन्ने आधार रहेको बताए ।