आयो कोरोनाको भ्याक्सिन: पहिलो चरणमा ८ लाख जनालाई लगाइने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आयो कोरोनाको भ्याक्सिन: पहिलो चरणमा ८ लाख जनालाई लगाइने



एजेन्सी- बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो।

बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो। यो भ्याक्सिन क्रिसमस भन्दा अगाडि नै करिब ८ लाख जना ब्रिटेनबासीलाई लगाइने भएको छ।

विश्‍वभर अहिले २१२ वटा भ्याक्सिन निर्माणको काम चलिरहेको छ। चीनले पहिलो चरणको परीक्षणअघि नै चारवटा भ्याक्सिन र रूसले तेस्रो चरणको परीक्षणअघि नै दुई भ्याक्सिनलाई अनुमति दिएको थियो।

दुवै देशमा भ्याक्सिन लगाउने क्रम सुरु भइसकेको छ। तर तीन चरणको परीक्षणपछि विश्‍वमा अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति मिलेको थिएन। यसैकारण फाइजर पहिलो यस्तो भ्याक्सिन भएको छ जसले तीन चरणकै परीक्षणपछि सरकारबाट अनुमति पाएको छ।

९५ प्रतिशत काम गर्ने

फाइजर र बायोएनटेकको यो कोरोना भ्याक्सीन तेस्रो चरणमा ९५ प्रतिशतसम्म काम गर्न सफल भएको थियो। बुधवार अनुमति मिल्नु पहिले बेलायतको मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी स्वास्थ्य सुरक्षामा नगरी फाइजर भ्याक्सिनलाई जतिसक्दो चाँडो अनुमति दिनेछ।

अनुमति दिएपछि बेलायत सरकारले अब भ्याक्सिन दिनुपर्ने समूहलाई प्राथमिकतामा राखेर दिन थालिने छ। यो भ्याक्सिनको पहिलो खुराक वृद्धवृद्धालाई दिने तयारी भइसकेको छ। ८ लाख डोज भ्याक्सिन ५० वटा अस्पतालमार्फत दिइने भएको छ।

साधरणत: कुनै पनि भ्याक्सिनको रिसर्चनदेखि लिएर त्यसलाई बनाउँदा र अनुमतिसम्म १० वर्षसम्म पनि लाग्‍न सक्छ। तर फाइजर यस्तो पहिलो भ्याक्सिन भएको छ, जसले कन्सेप्टदेखि उत्पादनसम्म करिब १० महिना मात्रै कुर्नुपरेको छ।

फाइजरले नै अमेरिकामा पनि अनुमतिका लागि निवेदन दिएको छ। अहिलेसम्म फाइजर-बायोएनटेक, मोडर्ना, रूसको स्पूतनिक ५ र अक्सफोर्ड विश्‍वविद्यालय-एस्ट्राजेनेको भ्याक्सिनको तेस्रो चरणको नतिजा आएको छ। बेलायतले सात अलग-अलग उत्पादकसँग ४ करोड भ्याक्सिन किन्‍ने सहमति जनाएको छ।