निर्वाचन कार्यालयले एमाले उम्मेदवारलाई ६ सय मत थपिदिएपछि... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्वाचन कार्यालयले एमाले उम्मेदवारलाई ६ सय मत थपिदिएपछि…



सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएको छ । सुनसरीको इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा जारी रहेको मतगणनामा धाँधली गरेको आशङ्का लागेर नेपाली काङ्ग्रेसले मतगणना स्थगित गरेर सर्वदलीय बैठक डाकेको छ ।

शुक्रवार राती निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सुचीमा नेकपा एमालेको मत परिणाममा ६०६ मत थप गरि सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेसले निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरूले धाँधली गरेको आरोप नेपाली काङ्ग्रेसले मतगणना स्थगित गरिएको जनाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा बराहक्षेत्र नगरपालिका–८ मा ६०६ मत थप गरि २० हजार २११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले सार्वजनिक गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले त्रुटि भएको स्वीकार गर्नुभएको छ भने मतगणना समयसम्म आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल समेत गरेका छन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीश प्रसाद कुसियैत लगायतका विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको छ ।