भ्रामक समाचारमा "स्क्रीनसट" बनाउनेविरुद्ध निर्वाचन आयोगमा उजुरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भ्रामक समाचारमा “स्क्रीनसट” बनाउनेविरुद्ध निर्वाचन आयोगमा उजुरी



विभिन्न समाचार पोर्टलका मास्टरहेड प्रयोग गरी प्रकाशित नै नभएका समाचारका स्क्रिनसर्ट प्रयोग गरी भ्रामक हल्ला फैलाइएपछि निर्वाचन आयोगमा कारबाहीका लागि उजुरी परेको छ ।

शनिबार विभिन्न समाचार पोर्टलका मास्टरहेड र समाचार जोडर फेसबुकमार्फत फैलाइएको थियो । नयाँपत्रिकाका संवाददाता कमलराज भट्टले आयोगमा उजुरी दिएका हुन् । उनको बाइलाइनमा भ्रामक समाचारको स्क्रिनसर्ट भाइरल बनाइएको छ ।

उनले आयोगललाई दिएको उजुरीमा लेखेका छन्, उपरोक्त सम्बन्धमा मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लागि लागू गरिएको निर्वाचन आचारसंहिता २०७९ मा मित्थ्या र भ्रामक सूचना तथा दुष्प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ । मतदानको ४८ घण्टाअघिदेखि स्थिर समय (मौन अवधि) लागू गरिएको छ । यसमा कुनै पनि प्रचार गर्न पाइँदैन ।

तर आचारसंहिताको उल्लेखित व्यवस्था र मौन अवधिमा कुनै प्रचार गर्न नपाइने व्यवस्था विपरीत अज्ञात समूहले प्रविधिको दुरुपयोग गरी सञ्चारमाध्यममा प्रकाशन नै नभएको सामग्री सोर्स कोड परिवर्तन गरेर भ्रम फैलाउने उद्देश्यले स्क्रिनसट गरेर दुष्प्रचार गरिरहेका छ ।’

उनले अगाडि लेखेका छन्, ‘म आबद्ध नयाँ पत्रिका दैनिकको अनलाइनमा प्रकाशित नै नभएको सामग्रीलाई माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक : प्रचण्ड शीर्षक दिएर नयाँ पत्रिकामा प्रकाशित जस्तो बनाई र मेरो बाइलाइन प्रयोग गरि दुष्प्रचार गर्ने तथा चरित्रहत्या गर्ने कसूर भएकाले प्रचलित कानुन बमोजिम दोषीमाथि कारवाही गरिपाउँ भनी यो निवेदन पेश गरेको छु ।’