अब भारतको एक्सिस बैंकबाट पनि ग्लोबल आईएमई बैङ्क मार्फत नेपाल पैसा पठाउँन सकिने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब भारतको एक्सिस बैंकबाट पनि ग्लोबल आईएमई बैङ्क मार्फत नेपाल पैसा पठाउँन सकिने



नयाँ दिल्ली , मङ्सिर १९ ।

ग्लोबल आईएमई बैङ्क र भारत स्थित एक्सिस बैङ्क बीच व्यावसायिक कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अब भारत स्थित एक्सिस बैङ्कका ३ हजारभन्दा बढी शाखाहरु मार्फत  नेपाल पैसा पठाउन सकिने छ । पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैङ्कका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६ हजारभन्दा बढी तथा बेष्ट रेमिटका ४ हजारभन्दा बढी एजेन्ट मार्फत  प्राप्त गर्न सकिने छ ।

अब उक्त सम्झौता पश्चात् आईएमई र ग्लोबल आईएमई   बैङ्कको सहकार्यमा ६ ओटा   पाटनर्स भएको जनाकारी दिल्ली स्थित ग्लोबल आईएमईका  प्रमुख प्रतिनिधि ज्वाला    शर्माले  बताए ।

त्यस्तै बैङ्कले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसै गरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।