अब केही वर्षमा म्यानपावर नचलेर बन्द हुन्छन् :- केपी ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अब केही वर्षमा म्यानपावर नचलेर बन्द हुन्छन् :- केपी ओली



मंसिर २५,झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले भने । उनले अब नेपालमै रोजगारी सिर्जना हुने बताउँदै अब कोही पनि म्यानवापर धाउन नपर्ने धारणा राखे ।

“तपाइँका छोराछोरी अब म्यानपावर धाउन पर्दैन,” उनले भने, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् । नेपालमै रोजगारीका अवसर सिर्जना गर्छौं ।”