अब ‘सिधा कुरा’ गृहमन्त्रीसँग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब ‘सिधा कुरा’ गृहमन्त्रीसँग



काठमाडौं, १४ असार ।

नेपाल टेलिभिनबाट हरेक साता प्रसारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम अहिले रोकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उक्त कार्यक्रम प्रसारण भएको छैन ।

अब गृहमन्त्रालयले त्यस्तै प्रकारको कार्यक्रम ल्याउने भएको छ । गृहमन्त्री जनार्दन शर्माले मंगलवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २३ नम्बरको बुँदामा रेडियो, टिभी वा टेलिफोनमार्फत् गृहमन्त्री र जनताबीच सिधा संवाद कार्यक्रम संचालन गरिने उल्लेख छ ।

शान्ति, सुरक्षा कायम गर्न जनताको सूचना, जानकारी, सुझाव, समन्वय र सहकार्यलाई जोड दिईने कार्ययोजनामा उल्लेख गरिएको छ । कार्यक्रम कहिलेदेखि सुरू हुने भन्नेबारे केही बताइएको छैन ।