अवैध रूपमा नेपाल बसेका विदेशीको अनुगमन हर्ने तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अवैध रूपमा नेपाल बसेका विदेशीको अनुगमन हर्ने तयारी



भदौ २०, काठमाडौं-

गृह मन्त्रालयले अवैध रूपमा नेपालमा बस्दै आएका विदेशी नागरिकको अनुगमन गर्ने, अहिलेको सफ्टवेयर प्रतिस्थापन गरी बायोमेट्रिक्स प्रणालीको सफ्टवेयर लागू गर्ने र विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीमार्फत अध्यागमनको स्तरोन्नति गर्नेलगायत महत्वाकांक्षी रणनीतिक सुधार योजना स्वीकृत गरेको छ ।

नेपालमा बस्दै आएका विदेशीको अनुगमन गर्ने अख्तियारी (म्यान्डेट) भए पनि अध्यागमन विभागले अनुगमन प्रभावकारी बनाउन तीनवर्षे रणनीतिक योजनामा उल्लेख गरेको छ । विभागले अहिलेसम्म नेपालमा बस्ने विदेशीको अनुगमन गर्न सकेको छैन ।

रणनीतिक योजनामा अध्यागमनलाई समयानुकूल विद्युतीय प्रणालीमा लैजाने, अध्यागमनका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेदेखि सुविधायुक्त डिटेन्सन सेन्टर खोल्नेसम्म समेटिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विभागले नेपालमा रहेका विदेशीको गतिविधि र उनीहरूले यहाँ गर्दै आएका क्रियाकलापको समेत निगरानी गर्नेछ ।गृहमन्त्री जनार्दन शर्माले सोमबार विभागले पेस गरेको अध्यागमन सुधार रणनीतिक योजनालाई अन्तिम रूप दिएका हुन् ।

यस्तो छ रणनीतिक योजना
-नेपालमा बसेका विदेशीको अनुगमन, व्यवस्थापन र नियन्त्रण,
-विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीको स्थापना र प्रयोग,
-एड्भान्स इमिग्रेसन चेकिङ प्रणाली लागू हुने,
-व्यावसायिक दक्षता, उच्च नैतिकता, पेसागत इमानदारी, पारदर्शी एवं सूचना प्रविधिमा आधारित सुदृढ प्रणाली अवलम्बन,

-सरल, सुलभ, सुरक्षित र सेवाग्राहीमैत्री सेवा प्रवाह,
-अध्यागमन अपराध नियन्त्रण गर्न विद्युतीय सेवा प्रवाहलाई मुख्य माध्यम बनाइने,
-अध्यागमनमा कार्यरत कर्मचारीको क्षमता विकास गर्ने