रवीन्द्र मिश्रका विश्वासपात्र एमालेमा प्रवेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रवीन्द्र मिश्रका विश्वासपात्र एमालेमा प्रवेश



काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । विवेकशील साझामा राम्रै पकड भएका मियाँ प्रभावशाली नेतामा गनिन्थे । उनी रवीन्द्र मिश्रको अत्यन्तै निकट बनेर काम गरेका व्यक्ति हुन् ।

सुचना प्रविधि क्षेत्रमा काम गरेका उनलाई मिश्रले नै विवेकशील साझामा ल्याएका थिए । उनलाई पार्टीमै पनि मिश्रका विश्वासपात्रका रूपमा हेरिन्थ्यो ।