अभाने एकता मञ्चका केंद्रीय महासचिवलाई मातृ शोक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभाने एकता मञ्चका केंद्रीय महासचिवलाई मातृ शोक



आरबी खड्का/नयाँ दिल्ली फागुन १९ 

नेकपा माओवादी केन्द्रको जनबर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय महासचिव चक्र बहादुर मलाती (कमरेड शीतल) लाई मातृ शोक परेको छ ।चक्र बहादुर कि  ममतामयी माताको उपचारको क्रममा आज  बिहान करिब २:४०मा अस्पतालमै  निधन भएको छ।

नेपालको   दुर्गौली ६ कैलाली घर भई हाल मुंबईको बोरीवलीमा बस्दै आउनु भएकी  चक्र बहादुर मलातीकी आमा नन्दम देवी मलाती ५७ वर्ष की हुनुन्थ्यो।उहालाई श्वासप्रश्वास रोग थियो तेसैले   मुम्बईमा उपचार हुँदै थियो ।

उहाँका  तिन छाेरी तिन  छोरा मध्ये चक्र बहादुर मलाती जेठा  सुपुत्र हुनहुन्छ । आज नै  मुम्बईमा एकता मञ्चका सचिव सुरेन्द्र देवकर ,मोहन देवकर ,सहकोषाध्यक्ष शिव प्रसाद महत ,पश्चिम भारत क्षेत्रका अध्यक्ष तथा पदाधिकारीहरू केन्द्रीय समिति क्षेत्रीय समिति लगायतका नेता कार्यकर्ताहरू विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता र मौन धारण सहित श्रद्धाञ्जली टक्र्याईएको थियो  ।श्रद्धाञ्जली पश्चात मुम्बईमा नै दाहसंस्कार गरिएको छ ।

उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भनी प्रार्थना गर्दछौ ।