अभाने एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अभाने एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न



हिमाल पोष्ट/नयाँ दिल्ली  ,फाल्गुन २ 

अखिल भारत नेपाली एकता मञ्च(माओबादी केन्द्र)को छैठौं क्षेत्रीय सम्मेलन  आईतबार दिल्लीमा सम्पन्न भएको छ। सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्त्तराखंड र छत्तीसगढ़ सम्मिलित भएका थिए । तिन दिन सम्म चलेको उक्त कार्यक्रम  आईतबारको बन्द सत्र तथा घोषणा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा  प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री  तथा पार्टी उपाध्यक्ष  नारायणकाजी श्रेष्ठको रहेको थियो भने कार्यक्रममा भारतमा रहेका बिभिन्न जनवर्गीय संगठन एवंम् गैर राजनैतिक संघ सस्थाका प्रतिनिधिको  पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले चाडै नै स्थानीय चुनाबको मिति घोषणा गरिने भन्दै दलहरुलाई सहमतिमा आउन आग्रह पनि गरेका थिए  ।

अभाने एकता  मंचका केन्द्रिय सचिवालय सदस्या आर.बि. खड्काको अध्यक्षता, उप-संयोजक शिवचन्द्र सोदारीको स्वागत मन्तव्य र खगेन्द्र ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको  थियो ।साथै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाईएको थियो ।

सोहि दिन ज्ञान बहादुर केसीको  अध्यक्षतामा ५१ सदस्यीय  क्षेत्रीय कार्यसमिती गठन भएको छ। जसमा उपाध्यक्ष कृष्णा कुँवर , नेत्र रावल र  मोतीराम ,सचिब अर्जुन दयाल, सह-सचिब मदन सिंह धामी र  गोविन्द भण्डारी एवंम्  कोषाध्यक्ष  सूर्या राना रहेका छन्  ।