अभाने एकता मंचद्वारा कञ्चनपुरको घटनालाई मध्यनजर गर्दै दूतावासमा ज्ञापन पत्र - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अभाने एकता मंचद्वारा कञ्चनपुरको घटनालाई मध्यनजर गर्दै दूतावासमा ज्ञापन पत्र



हिमाल पोस्ट /नयाँ दिल्ली,चैत्र १ 

अखिल भारत नेपाली एकता मंच संयुक्त क्षेत्रीय समितिद्वारा  भारतीय सिमा सँग जोडिएको कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने पुनर्वास नगरपालिका आनन्द नगरमा भारतीय सुरक्षाकर्मीहरुले गोली चलाएर ९ मार्च २०१७ मा गरिएको नेपाली युवा गोविन्द गौतमको हत्याप्रति ध्यानाकर्षण  जनाई भारतस्थित नेपाली दुतावासको तर्फबाट दुई देशका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।  मंचका सचिब अर्जुन दयाल ,कोषाध्यक्ष सुर्य राना ,सदस्य लक्ष्मण दयाल,सदस्य दिलिप गुरुङ,के स यमलाल ओलिद्वारा कार्यवाहक राजदुत कृष्ण प्रसाद ढकाल र काउन्सेलर कृष्ण प्रसाद पन्तलाई हस्तान्तरण गरिएको हो  ।

ज्ञापन–पत्र

विषय : कञ्चनपुर घटनाबारे

महामहिम,

भारतसित सीमा जोडिएको कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने पुनर्वास नगरपालिका आनन्द नगरमा भारतीय सुरक्षाकर्मीहरुले गोली चलाएर ९ मार्च २०१७ मा गरिएको नेपाली युवा गोविन्द गौतमको हत्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी भारत सरकार मातहतको सीमा सुरक्षा बलले घटाएको उक्त हत्याकाण्डको घोर निन्दा र भत्र्सना गर्दछौं । नेपाली भूभागमा गरिएको निर्माण कार्यमा भारतीय पक्षद्वारा आपत्ति जनाउदै निहत्था नेपाली नागरिकहरु माथि गोली चलाउनु नेपालको अखण्डता र सार्वभौमसत्तामाथिको गम्भीर अतिक्रमण हो । यो घटनाले भारतको नेपाल हाम्रो सबैभन्दा नजीकको छिमेकी र असल मित्र हो भन्ने भनाईलाई निरर्थक बनाइ दिएको छ । नेपाल अनन्य मित्र हो भनेर भारतले धेरै पटक दोहोराउने गरेको कथनको खोक्रोपनालाई नेपाली भूभागभित्र बलजफती पसेर भारतीय सुरक्षाकर्मीहरुले घटाएको उक्त हत्याकाण्डले पुष्टि गरेको छ । अर्काको मुलुकको सीमाभित्र पसेर गोली हानि त्यस मुलुकको नागरिकको हत्या गर्नु एउटा मित्र राष्ट्रले अर्को मित्र राष्ट्रप्रति गर्ने व्यवहार भित्र पर्दैन, एउटा शत्रु राष्ट्रलेअर्को शत्रु राष्ट्रमाथि गर्ने व्यवहार भित्र पर्दछ । भारतको यस प्रकारको दादागिरी उसको आफ्नै राष्ट्रिय हितको प्रतिकुल रहेको छ । तसर्थ भारत सरकारले यस घटनामा नेपाल सरकारस“ग अविलम्ब क्षमा याचना गर्नु पर्दछ । सम्बन्धित दोषीहरुलाई कडा कार्वाही गर्नुपर्दछ । साथै आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु पर्दछ ।उपरोक्त घटनामा भारतीय पक्षबाट गोली नचलाइएको भनेर जसरी काठमाडौंस्थित भारतीय दूतावासबाट अत्यन्त कपोलकल्पित र झुट्टा जानकारी दिइएको छ त्यो अत्यन्त खेदजनक र निन्दनीय छ । कञ्चनपुरमा ९ मार्चमा घटेको हत्याकाण्ड कुनैनौलोर एक्लो घटना होइन, भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेर नेपालीहरुमाथि गोली चलाउने, हत्या गर्ने, कुटपिट गर्ने, धम्क्याउने र नेपाली भूभागमाथि अतिक्रमण गर्ने समस्या भारतबाट सृजित दशकौं देखि विद्यमान समस्याका रुपमा रही आएको छ । नेपाली जनताका तर्फबाट, सरकारका तर्फबाट र विभिन्न दल तथा संघसंस्थाहरुका तर्फबाट भारत सरकार, भारतीय दुतावास र सरोकारवाला भारतीय निकायहरुमा यस्ता अतिक्रमणकारी बलमिंच्याईका घटनाहरु बन्द गर्नका लागि बारम्बार अनुरोध गरिएका छन्, अनेकौं पटक आपत्ति र विरोध दर्ज हुने गरेका छन् । तर भारत सरकारले समस्या समाधान गर्नुको सट्टा समस्यालाई उल्टै चर्काउन उद्यत रहेकोदेखा पर्दछ । गोविन्द गौतमको हत्याबाट यसै तथ्यको पुष्टि भएको छ ।

हाम्रो संगठन अखिल भारत नेपाली एकता मञ्चलाई हाम्रो मातृभूमि नेपालको एकता अखण्डता र सार्वभौमसत्तामाथि आ“च आउने खाले कुनै पनि गतिविधि मञ्जुर छैन, चाहे त्यो कुनै पनि पक्षबाट होस् । भारतबाट उक्त प्रकारको अतिक्रमणकारी गतिविधिको सन्दर्भमा हामी भारत सरकार समक्ष नेपाल र नेपाली जनता विरुद्ध यस्ता कामकार्वाहीहरु अविलम्ब बन्द गर्न जोडदार माग गर्दछौं । साथै नेपाल सरकारले अतिक्रमण र हत्याकाण्डको विषयलाई जोडदार रुपमा भारत सरकार समक्ष उठाउनु पर्दछ , भारत सरकारले घटनाप्रति क्षमायाचना गर्नु पर्दछ, कञ्चनपुरलगायत विभिन्न सिमावर्ती क्षेत्रमा भारतबाट भएको सीमा अतिक्रमण अविलम्ब हटाउनु पर्दछ । साथै हाम्रो संगठन कञ्चनपुर हत्याकाण्डका विरुद्धमा देशव्यापी रुपमा नेपाली जनता र विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधिहरुले सञ्चालन गरेको विरोध प्रदर्शनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।