अभिनेत्री प्रियंका र विक्रमको रोमान्स रहेको “अोई साईली” गीतको चर्चा बढ्दो ( भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अभिनेत्री प्रियंका र विक्रमको रोमान्स रहेको “अोई साईली” गीतको चर्चा बढ्दो ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

अभिनेत्री प्रियंका कार्की र पछिल्लो समयका चर्चित मोडल विक्रम बुढाथोकीको रोमान्स रहेको ‘ अोई साईली अोई साईली अोई अोई साईली’ गीत सार्वजनिक भए लगत्तै गीत सङ्गीतको बजारमा चर्चा बढ्दो छ । रोमान्टिक थिममा तयार पारिएको भिडियोमा विक्रमले आफूले मन पराएको कुरा अभिनेत्री प्रियंकालाई गीत मार्फत व्यक्त गरेका छन् । भिडियोमा प्रियंका र विक्रमको नित्य र प्रेममय दृश्यहरू पनि राखिएको छ ।

गीत मेलिना राई र हरि थापाको आवाजमा रहेको छ भने मधुसुदन डाँगीको शब्द अनि हरि थापा आफ्नैले सङ्गीत भरेका छन् यस्तै सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

हरि हुमागाईंको छायाङ्कन रहेको भिडियोमा निशान घिमिरे सम्पादन सँगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।