अभिषेक प्रताप शाहले लिए दोब्बर अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभिषेक प्रताप शाहले लिए दोब्बर अग्रता



काठमाडौं ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप शाहले सुरुआती अग्रता लिएका छन् । उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा दोब्बर मतका साथ अगाडि देखिएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचन लडेका शाह निर्वाचनको केही समय अघि मात्रै संघीय समाजवादी पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । उनले आठ सय ४९ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार शाहलाई संघीय समाजवादी पार्टीका उमेदवार मंगलप्रसाद गुप्ताले चार सय ८४ मतले पछ्याइ रहेका छन् । यस्तै कपिलवस्तु–३ मा कम्युनिष्ट गठबन्धनका तर्फबाट उमेदवारी दिएका नेकपा एमालेका ईश्वरदयाल मिश्रा चार सय ६९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।