अभिभावक असल भएमात्रै असल विद्यार्थीे - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अभिभावक असल भएमात्रै असल विद्यार्थीे



बुटवल /भदौ २० 

अभिभावक असल भएमात्रै असल विद्यार्थी बनाउन सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । बुटवल महिला जेसिजले बुटवलमा आयोजना गरेको अभिवाकत्व तालिममा सहभागीले यस्तो बताएका हुन् । उनीहरुले बालबालिकालाई राम्रो र प्रतिश्पर्धामा पहिलो बनाउन भन्दा असल र अनुशाशित बन्न सिकाउनुपर्ने बताए । यसले मात्रै चारित्रीक विद्यार्थी निर्माण हुने उनीहरुले सुझाब दिए ।

बुटवल महिला जेसिजको जेसिज सप्ताह अन्तर्गत सोमबार अभिवाकत्व तालिम आयोजना गरेको थियो । बुटवलको लक्ष्मी माध्यमिक विद्यालयमा बालबालिका पढाउदै आएका अभिभावकहरुलाई तालिम दिइएको हो । कार्यक्रमको सहजीकरण विद्यालय निरिक्षक हरिलाल अर्यालले गर्नुभएको थियो। कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकाल बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष गंगा पन्थी विद्यालयका प्राचार्य लक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो । बुटवल महिला जेसिजका अध्यक्ष रुपा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव जानकी नेपालले गर्नु भएको थियो । मुल संयोजक उषा खत्री र संयोजक संगिता ढकालले कार्यक्रमको रुपरेखा तयार पार्नु भएको थियो।

यसअघि आइतबार बुटवल महिला जेसिजको जेसिज सप्ताहको दोस्रो दिन बुटवल पाखापानीमा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण गरेको थियो । ज्ञान र अनुभवका खानी जेष्ठ नागरिकको सम्मानका लागि यस्तो कार्यक्रम आयोजना गरेको अध्यक्ष रुपा पाण्डेले बताउनुभयो । नेपाल जेसिजका पुर्व अध्यक्ष तथा वृद्ध आश्रमका संरक्षक अनुपमान सैजुको प्रमुख अतिथी र पुर्व अध्यक्ष ज्युहरुको समुपस्थितिमा कार्यक्रम सम्पन्न भयेको थियो । कार्यक्रम सञ्चालन जानकी नेपालले गर्नु भएको थियो भने मुल संयोजक उषा खत्री संयोजक सन्ध्या केसी, पुर्व अध्यक्ष बुल्बुल श्रेष्ठ ,पुर्व अध्यक्ष उमा भण्डारीले बोल्नु भयो।