सुपा दर्शनको लागि जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुपा दर्शनको लागि जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु



असोज २१ – सुपा देउराली दर्शनको लागि बुटवलबाट सुपा जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर शनिबार बिहान एक जनाको ज्यान गएको छ ।

शितगंगा नगरपालिकाको भेडामारेमा आफ्नै श्रीमानले चलाएको स्कुटीबाट खसेको बेला सँगसँगै आएको बसले किचेर एक महिलाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

एउटै दिशाबाट गइरहेका बस र स्कुटीमध्ये स्कुटीमा यात्रा गर्ने महिला खसेको र बसको पछिल्लो चक्काले च्याप्दा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १ नयाँ मिल बस्ने अन्दाजी ४५ वर्षकी देवी कार्की घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्