ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु



मङ्सिर ११-

बाणगंगा नगरपालिका–२ पिपरामा ट्रकले ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ।
पश्चिमबाट आउँदै गरेको ना २ ख ९९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही सैनामैना नगरपालिका– १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

उनीहरूको मृत्यु घटनास्थलमै भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ।