बागलुङको बरेङमा जीप दुर्घटना स् दुई प्रहरीको ज्यान गयो, १३ घाईते - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बागलुङको बरेङमा जीप दुर्घटना स् दुई प्रहरीको ज्यान गयो, १३ घाईते



बागलुङ, ८ असोज । बागलुङको बरेङ पेरिडाडाँमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको छ ।

बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गएका प्रहरी हबलदार बिष्ट इलाका प्रहरी कार्यालय बरेङ र प्रहरी जवान श्रीस इलाका प्रहरी कार्यालय बाटाकाचौरमा कार्यरत रहनुभएको थियो ।

दुवै जना प्रदेश नम्बर २ को धनुषामा भएको स्थानीय तह चुनाव सकेर फर्किदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज सिहं थापाले जानकारी दिए ।

१५ जना सवार रहेको जीप बरेङ गाउँपालिका–२ पेरीडाँडाबाट तल खसेको हो । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।