गुल्मीमा माइक्रो दुर्घटना, सातको मृत्‍यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गुल्मीमा माइक्रो दुर्घटना, सातको मृत्‍यु



गुल्मी-

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको र ६ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।

दुर्घटनमा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानिले उद्धार कार्यमा जुटि रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए । घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना थिए । २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।