उदयपुरमा गाडी दुर्घटना, ८ को मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उदयपुरमा गाडी दुर्घटना, ८ को मृत्यु



१३ कात्तिक, उदयपुर ।

उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको  सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने ठाउँमा भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।