ट्याक्टरबाट खसेर बाग्लुङमा एकजनाको मृत्यु - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ट्याक्टरबाट खसेर बाग्लुङमा एकजनाको मृत्यु



बाग्लुङ, असोज १२ – बाग्लुङमा बिहीबार बिहान ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ ।

ग १ त ४४७१ नम्बरको ट्याक्टरमा ब्लक लोड गरि पर्वतबाट काठेखोला जाँदै गर्दा बागलुङ – १ खुतुर्केघाटमा ट्याक्टरबाट खसेर सह–चालक हुम्लाका १७ बर्षिय राजु परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चलिरहेको अवस्थामा सह–चालक परियारको चप्पल भुईमा झरेको र टिप्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।