आईतवारको हावाहुरीले रुखको हाँगा भाँचिदा एकजनाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आईतवारको हावाहुरीले रुखको हाँगा भाँचिदा एकजनाको मृत्यु



वैशाख ११ अछाम

 

अछाममा रुखको हाँगाले किचेर एक बृद्धाको मृत्यु भएको छ । आईतबार बेलुका आएको हावाहुरीका कारण रुखको हाँगा भाचिएर किच्दा अछामको गाउँपालिका–३ बरदादेवीकी ६० वर्षकी नरपता साउदको मृत्यु भएको हो ।
साँझमा ठुलो हुरी आएपछि घर फर्कदै गरेकी साउद गाउँको मालुकाट्टे भन्ने ठाउँमा रुखको होत लागेर बस्दा सोहि रुखको हाँगा भाँचिएर उनलाई किचेको थियो । टाउकोमा चोट लागेको उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।