अनौठो मन्दिर, जहाँ हुन्छ स्तनको पूजा « Himal Post | Online News Revolution
Logo

अनौठो मन्दिर, जहाँ हुन्छ स्तनको पूजा



विश्वमा अनेक प्रकारका मन्दिरहरु छन् । नेपालमा पनि विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु रहेका छन् । कोही पहाडमा छन् त कोही नदिको बीचमा समेत ।

शक्तिपिठहरुमा देवी देवताका विभिन्न विशेष अंगहरुको समेत पूजा हुन्छ । जापानमा एउटा यस्तो मन्दिर छ जहाँ भगवानको होइन स्तनको पुजा हुन्छ ।

उक्त मन्दिर स्तनकी देवी छिछिगमिसमको नामले चिनिन्छ । यो मन्दिरमा वर्षौँदेखि स्तनको पुजा हुँदै आएको छ ।

मन्दिरमा जहाँतहीँ स्तनका प्रतिकस्वरुप मूर्तिहरु राखिएको छ । मन्दिरमा फूलपाति अक्षताको साटो मानिसहरु स्तनका डमीहरु चढाउँछन् र वर माग्दछन् । कपडा तथा कपासबाट बनेका स्तनले मन्दिर सजिएको छ ।

रोचक त के भने यो मन्दिरमा सुरक्षित गर्भाधारण तथा स्तन क्यान्सरबाट बचावटको कामना सहित स्तनको पुजा गर्ने गरिन्छ । यो मन्दिरमा स्तन पुजा गर्नाले महिलाका विभिन्न खाले यौनरोगहरुबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

वाकायामा सहरका एक डाक्टरले स्तन क्यान्सर पीडित आफ्नी श्रीमतीको रोग निको होस् भनी उक्त मन्दिरमा स्तनको प्रतिमूर्ति चढाएर पुजा गरेका र पुजापछि उनकी श्रीमतीको रोग निको भएको भन्ने किम्बदन्तीका आधारमा मन्दिरमा स्तनको पुजा हुने गरेको बताइन्छ ।