चर्काचर्कीपछि आफ्नै पत्रकार सम्मेलन अचानक छाडेर भागे ट्रम्प - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चर्काचर्कीपछि आफ्नै पत्रकार सम्मेलन अचानक छाडेर भागे ट्रम्प



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग भड्किएका छन् । पत्रकारहरुसँग लगातार वादविवाद भएपछि पत्रकार सम्मेलन नै कटौति गरेका ट्रम्प सोमबारको पत्रकार सम्मेलनमा पनि भड्किए र प्रेस ब्रिफिङ नै छाडेर हिँडे ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई ओठे जवाफ फर्काएका ट्रम्प दुई पत्रकारसँग दाहोरो विवादमै ओर्लिए ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको बटारिएको उत्तर दिएका ट्रम्पले सिएनएनकी पत्रकारसँग विवादमा उत्रिए र अन्त्यमा सम्मेलन नै छाडेर हिँडे ।

अप्रिल २७ पछि पत्रकार सामुन्ने आएका ट्रम्पलाई सिबिएस न्यूजकी पत्रकार वइजी जियाङ्गले हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढिरहेको छ तर तपाईँ धेरै परीक्षणको सन्दर्भ मात्र जोडिरहनु हुन्छ यसको के महत्व छ भन्ने प्रश्न गरेकी थिइन् ।

जवाफमा ट्रम्पले ‘यो कुरा मलाई नसोध, चीनसँग सोध’ भन्दै पन्छिन खोजे । विश्वभरी मानिस मरिरहेको जिकिर गर्दै ट्रम्पले जियाङ्गलाई भने, ‘शायद यो प्रश्न मलाई होइन तिम्ले चीनसँग सोध्नु पर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिम्ले अति असामान्य जवाफ पाउने छौ ।’

यति भन्दै ट्रम्पले सिएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्नका लागि पालो दिए । तर जियाङ्गले तपाईं मलाई किन यस्तो भनिरहनु भएको भन्दै प्रतिप्रश्न गर्दा ट्रम्पले ‘मैले तिम्लाई नै मात्र भनेको होइन त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’

पत्रकार जियाङले आफुल खराब वा दुष्ट मनसायले प्रश्न नसोधेको बताइन् । त्यही बेला पालो कुरेर बसिरहेकी सिएनएनकी पत्रकार कोलिन्सले प्रश्न गर्न खोज्दा ट्रम्पले तिम्ले आफ्नो समयमा प्रशन नसोधको भन्दै अर्कै पत्रकारलाई प्रश्नका लागि आग्रह गरे ।

कोलिन्सले आफ्नो पालो रहेकाले प्रश्न गर्न पाउनुपर्ने बताएपछि ट्रम्पले भने पत्रकार सम्मेलन नै छोडेर हिँडे । ट्रम्पको बारम्बार पत्रकाहरुसँग विवाद परिरहन्छ ।