कोरोनाबाट अचानक मृत्यु हुने कारण अनुसन्धानकर्ताले पत्ता लगाए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोरोनाबाट अचानक मृत्यु हुने कारण अनुसन्धानकर्ताले पत्ता लगाए



एजेन्सी । कोरोना भाइरस नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा लगातर डाक्टर तथा वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । त्यसकै आधारमा कोरोना भाइरसका नयाँ नयाँ तथ्यहरु उजागर भइरहेको छ ।

कोरोना भाइरसको बिषयमा भारतका डाक्टर तथा अनुसन्धानकर्ताले नयाँ खुलासा गरेका छन् । कारोना भाइरसले शरीरमा नसामा ब्लड कलटिङ (जम्ने समस्या) बनाउने गर्दछ । जुन समस्याका कारण मानिसको अचानक मृत्यु हुने अनुसन्धानकर्ता डा.वेद प्रकाशले बताए । उनी पलमोनरी एण्ड क्रिटिकल केयर मेडिसिनका चिकित्सक हुन् ।

डा. वेद प्रसादका अनुसार कोरोना भाइरसका कारण नसामा रगत जम्ने समस्या धेरैलाई देखिन्छ । नसामै रगत जमेपछि अक्सिजन जाने बाटो पूर्णरुपमा बन्द हुन्छ । त्यसैले एक्कासी बिरामीको मृत्यु हुने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

कोरोना भाइरसका बिरामीमा अन्य बिरामीमा रक्त सञ्चारमा समस्या आउँछ। कोरोना भाइसरका बिरामीमा मात्र यो समस्या किन हुन्छ भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

नसामै रगत जम्ने समस्याका विषयमा संसारका धेरै वैज्ञानिक तथा चिकित्सकहरु अनुसन्धानमा जुटेका छन् ।

एक्स–रे र सिटी स्क्यानमा पनि रगत जम्ने समस्या छ कि छैन भनेर हेर्न सकिन्छ । फोक्सोको मात्र नभएर अन्य क्षेत्रको नसामा पनि ब्लड जम्ने खालको समस्या हुन्छ । बेलायती वैज्ञानिकहरुको अध्ययनले पनि अचानक मृत्यु हुनुको कारण नसामा रगत जम्ने समस्याले भएको बताएका छन् ।