अचानक मन्त्रिपरिषद बैठक डाकियो - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

अचानक मन्त्रिपरिषद बैठक डाकियो



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मन्त्रीपरिषदको बैठक डाकेका छन । बिहिबार मन्त्रिपरिषदको बैठक बस्ने तयारी भैरहेको बताइएको छ ।

अपरान्ह ४ बजे बैठक बस्ने सरकारका एक मन्त्रीले बताए । नेकपा विवाद चुलिएकै बेला अचानक बैठक बोलाउंदा अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ ।

कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो । बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ । ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।