अर्घाखाँचको हँसपुरमा भिरबाट लडेर मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्घाखाँचको हँसपुरमा भिरबाट लडेर मृत्यु



हरि भुसाल /अर्घाखाँची

भदौ २७ ,अर्घाखाँची जिल्लाको हँसपुरमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।

हँसपुर गा.वि.स.को वडा नं. ६ साकिन्धारा निवासी भुपाल भलामीको भिरबाट लडेर ज्यान गएको हो । काम विशेषले गाउँतिर निस्किएका ३२ वर्षिय भलामी दिउसो करीव १२ बजे भिरबाट लडेको स्थानीयले जानकारी दिएका छन् ।

भिरबाट लडेर घाईते अवस्थामा भेटिएका भलामीको स्थानीयले उद्धार गरी उपचारको लागि ल्यादै गर्दा ज्यान गएको बताइएको छ । घटना लगत्तै घटनास्थल पुगेको प्रहरीका अनुसार भलामी सडकबाट धेरै तल झरेका थिए । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।