५ – २ गोल अन्तरले पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लबको राम्रो सुरुवात - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

५ – २ गोल अन्तरले पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लबको राम्रो सुरुवात



हिमाल पोस्ट / एडीलेड,चैत्र २१

यफसासा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै “एडीलेड खुकुरी फुटबल क्लब”ले साउथ अस्ट्रेलियन अमेचर लिगमा आफ्नो जित हासिल गरेको छ । आईतबार दिउसो भएको खेलमा ५ – २ गोल अन्तरले पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लब”ले आफ्नो ग्रूपमा विजयी सुरुवात गर्न सफल भएको छ। सल्स्बरीमा भएको खेलमा एडीलेड खुकुरी फुटबल क्लबले एकतर्फी जित निकाल्यो । एडीलेड खुकुरी फुटबल क्लबको जितमा राजिस महर्जनले चार तथा सरद गलामिले एक  गोल गरे । चार गोलसंगै महर्जन यस खेलको नायक भएका थिए ।

घरेलु मैदान भन्दा बहिर  भएको खेलमा अधिकांश समय क्लबका खेलाडीले बल आफ्नो नियन्त्रणमा राखन सफल भएका थिए । ४-४-२ को रणनीतिमा उत्रिएको नेपाली टोलीको लागि कोच डैनीएल घिमिरे र म्यानेजर चिरु श्रेष्ठ रहेका थिए ।यस जितसंगै अब अर्को खेल घरेलु मैदानमा वाइकिंगससंग खेलने छ ।

अप्रिल ९ तारिकको दिन घरेलू मैदानमा (पार्क १९ ग्रिनहिल रोड एडीलेड पार्कल्यांड्समा ) बेलुका ३ बजे देखि हुने खेलमा आफ्नो क्लबलाई समर्थन गर्न एडीलेड खुकुरी फुटबल क्लब”ले नेपाली समुदायलाइ अनुरोध गरेको छ ।