औद्योगिक व्यापार मेला सकियो , भयो १५ करोड कारोबार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

औद्योगिक व्यापार मेला सकियो , भयो १५ करोड कारोबार



हिमाल पोष्ट / बुटवल , पुस २३  । १५ करोडको कारोबार गर्दै बुटवलमा जारी औद्योगिक व्यापार मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि  औद्योगिक व्यापार मेला  भएको थियो । मेला अवलोकनका लागि ५ लाख दर्शक आएको आयोजकको भनाइ छ  ।

बुटवलमण्डपमा मेलाका अवसरमा भ्वाइस अफ बुटवल, दोहोरी गित प्रतियोगिता, बिद्यालयस्तरी लोक गित र लोक नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, कृषि वालि प्रतियोगिता, माछा मार्ने बल्छी प्रतियोगिता,मत्स्य फेष्टिवल,दुग्ध बजारीकरण कार्याशाला गोष्ठि लगायतका कार्यक्रमहरु पनि सम्पन्न भएका छन ।

मेला समापनका अवसरमा मेलामा सहभागि स्टलहरु मध्येबाट उत्कृष्टहरुलाई पुरस्कृत गरीएको छ ।समग्र सहभागिहरुको तर्फबाट ज्याकोर इण्डष्टिज प्रथम, न्यु कुसुम फुड प्रोडक्ट द्धितिय, बुटवल स्टिल फर्निचर तृतिय र गुप्ता नर्सरी सान्त्वना भएका छन ।

त्यस्तै कृषि तर्फ नेपाल मत्स्य बिकास संघ प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग द्धितिय, बिजी ग्रुप खुदो उद्योग तृतिय र मोतिपुर हाम्रो डेरी उद्योग सान्त्वना, महिला उद्यमी तर्फ बंगलामुखि अचार उद्योग प्रथम, प्रेम निसा अल्लो धागो तथा तयारी पोशाक उद्योग द्धितिय, बसन्ति अचार उद्योग तृतिय र संकल्प घरेलु तथा तान उद्योग एवं कमल बिनायक अगरबत्ति धुप उद्योग सान्त्वना भएका छन ।
त्यसैगरी हस्तकला तथा लघु उद्यमी तर्फ हस्तकला नेपाल प्रालि प्रथम, अन्नपुर्ण पटेर मुठा लघु उद्यमी द्धितिय, खनाल पाल्पाली ढाका उद्योग तृतिय र पाल्पाली बास तथा हस्तकला उद्योग सान्त्वना भएका छन ।

संघका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ संयोजकत्वमा गठित मुल्याकंन समितिको निणर्य अनुसार उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरीएको थियो ।मेला समापनका दिन शनिवार भएको दोहोरी गित प्रतियोगितामा बिजयी भएको छ । संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षता, महासचिव हरि प्रसाद अर्यालको सञ्चालनमा कार्यक्रम भएको हो ।