आधुनिक युवती - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आधुनिक युवती



-अन्जना केसी 

ऊ मेरो पार्लर बाहिर स्कुटी राखी ।

हेलमेट भित्र घुसारिएको फोनमा “आई लभ यु बुढो “भन्दै भित्र छिरी ।

सोचे मलाई खबर नै नगरी बिहे गरिछ उसले। फेसबुकमा पनि बुढाबुढीको फोटो राखेकी छैन किन होला ?भरखर बिहे गरे जस्तो लाग्यो ।मैले मनमनै सोचे ।

म त्यहॉ भएको पनि प्रवाह नै छैन उसलाई ।मेरो कुनै वास्ता नगरी फोनमै किस बजार्दै थिई , “नयॉ जोगीले धेरै खरानी घस्छ “ जस्तो लाग्यो ।
उसले पछि कल गर्छु है बुढो म अफिस आईपुगें भन्दै फोन राखी ।मेरो मा आएर अफिस भन्दै ढाटिदियो ठॉउको ठाउँ । नयॉ बुढोलाई पनि ।

“ के हो तिमी त बिहे गरेर नि खबरै छैन त “?
मैले सोधे ।
“ का गर्नु बिहे ? अहिले सम्म केटा पाकै छैन भन्या ।”

भर्खर आई लभ यु बुढो भन्दै चेपारो घस्दै थियौ त ?

जसले पठाईदेको फोनमा बोल्दै छु उसलाई आई लभ यु बुढो भन्नु परेन त ?

ए तिम्रो हुनेवाला ?

“खै के हुनु ऊ त बिवाहित हो ?
अनि बिवाहित सँग किन अफीयरमा छौ त ? मैले भने । “ ओ डालिगं धेरै प्रश्न नगर त ?ऊ झर्किई ।मलाई मेरो कपाल कलर गर्देऊ फेसियल गर्देउ। मलाई आज ३ बजे बाहिर जानु छ ।

उसले मेरो मुखमा बुझो लगाई दिई , उसले बोलेका तितो शब्दहरू टर्रो हुँदै सिधा मेरो मुटुमै छिरेर चिसिक्क बिझायो । मलाई थुप्रै प्रश्नको पोको उसका सामु फुकाउन मन थियो । तर उसको जवाफले म प्रश्न बिहिन भएर काम गर्न थाले ।मैले थप प्रश्न गर्ने चाहना भएर पनि हिम्मत गरिन। उसलाई अर्थहिन लागेका मेरा प्रश्न लाई मस्तिस्क बाटै फरार गरिदिएं ।

त्यसो त ऊ मेरो मिल्ने साथी होइन उसको निजी जिन्दगीमा के भईराको छ मलाई जान्न जरुरी पनि छैन ,ऊ मेरो नियमित गाह्रक मात्र हो । उसलाई मेरो आवश्यक पर्दा मात्र म कहॉ आउने गर्छ ।तर सधैँ आउँदा आउँदा हामी साथी जस्तै नजिकिएका छौ , एक अर्कालाई तिमी भन्छौ जिस्किन्छौ , कतिपय कुरा शेयर पनि गर्छौ । तर उसलाई लाग्दो हो , कतिपय कुरा रह्स्यको गर्वमा लुकेको जाति हुन्छ । यसैले ऊ अड्कियर बोल्न चाहन्थी।कलर घोलेर भर्खर कपालमा लगाउदा गर्दा उसको फेरी मोबाइल बज्यो । ऊ खुसी हुँदै बोली ।

“कालु तिमी आज अहिले सम्म किन कल नगरेको ? ठुस्किएको अभिनय गर्दै थिई । ऊताबाट के रिप्लाई आयो मैले ठम्माउन सकिन । अब मलाई पक्का भयो अगाडी कल गर्ने पक्कै होइन भनेर । काम गर्दै उसका कुरा सुने । कति मिठो बोलेर मख्ख पार्दै थिई उसलाई ।

“कालु आज रातभर निदाउनै सकिन तिम्रो याद आएर , तिमी पनि मैले जस्तै मिस गर्छौ नि है कालु । तिमीलाई थाह छ? तिमी सँग छुटेको दिनदेखि म समयको नियन््ण मा छैन । मन एकदम आतिएको छ ।”

सुन्दा लाग्थ्यो ऑखाभरी आशु निकालेर बोल्दैछ , बर्षौ देखि छुटिएको प्रेमीसंग भेट्न नपाएर तड्पी तड्पी प्रेमलाप गर्दैछ ।साच्ची भाबुक भएर भन्दै थिई ।

“कालु समयमा खान खाऊ काम काम मात्र नभन नि ?शरीर छ र पो सबै छ त ? आफ्नो ख्याल गर है”।
उसलाई पनि आई लभ यु भन्दै फोन राखी । ए भगवान् यो आइ लभ यु भन्ने शब्द कति सस्तो भएछ बरै ! मनमनै दिक्क मान्दै उसको अनुहार हेरे ।

“फेरी सोद्नन मन लागे होला हैन ? यो को हो भनेर ?उसले मुख बग्याउदै नमिठो पाराले मलाई भनी ।
म हीनताबोध गर्दै सिर निहुराए ।

भैगो सोद्दीन ।लज्जित नबनाऊ मलाई ।अघि थर्कायौ अनि डराएं ।मैले भने ।
“जिन्दगीको गोरेटोमा चिनजान त हजारौँ सँग हुन्छ । तर मान्छेको इच्छा आकाक्षा एउटासंग हुन्छ ।तिमीले यी सबैलाई शङ्का नगर नि ? म त्त्यस्तो नराम्रो केही गरेकी छैन।हेर ऊ मेरो कालु हो ,जसलाई म कसो कसो आफ्नै प्रेमीलाई जस्तो माया गर्छु किन कि उसले मेरो भावनाको कदर गर्छ ,मेरो मनलाई बुझ्छ तर ऊ टाढा छ ।अरूले नै किनिदिएको भए पनि यो मोबाइलमा ब्यालेन्स , फेसबुक चलाउने डाटा अहिले सम्म यही कालुले पुराईदिएको छ “।

म हॉसे मात्र ,केही बोलेर के गर्नु ? उसलाई भेटेर पढ्नमा कस्तो आनन्द आइरहेको छ ।कपालमा कलर बसुनजेल खाजा मगाउ न कस्तो भोक लागीराको छ। उसले भनी ।

ल तिमलाई मात्र ।

किन ?

आज साउनको पहिलो सोमबार हो मेरो व्रत छ ।मैले भने ।

ए हो र ल ल मलाई मात्र म :म मगाउ तिमी चिया ।
हस।

रेस्टुरेन्टमा फोन गरे । १० मिनेटमा नै उसको बफ म: म : र मेरो चिया आयो । खाएर कपाल पखालेर अनि फेसियल गराउला भन्दै बसेर चिया पिउन थाले । उसको मोबाइलमा फेरी फोन बज्यो । यसपालि उसले हजुर भनेर सम्बोधन गरी ।

“हजुर सुनिस्यो न बाबा ,म अगि बाटोमा स्कुटीमा थिए ।हजुरको फोन आको थाहै भएन । नरिसाईस्यो न बाबा पिल्ज !
कहिलेकाही थाह नपाएर मात्र यस्तो हुन्छ ।”

उसले बफ म:मको डल्लो मुखमा हाल्दै भनी ।

“म भने हजुरको नाममा व्रत बसेर पशुपतिमा पूजा गर्ने लाइनमा छु हजुर भने फोन नउठ्दा पनि रिसाईसिन्छ ।भनिसियो न ! बरु हजरको लागी के मागुम भगवान् सँग । म तिर फर्केर एउका ऑखा झिमिक्क पार्दै भनी ,अब आधा घन्टामा दर्शन गर्ने पालो आउँछ होला । अनि म घर गएर कल गर्छु नि है बाबा ? भन्दै फोन राखी ।”

म अलमल परेर उसको अनुहार हेरिरहे । जबरजस्ती कुठाउमा आएको डन्डिफोर जस्तो नमिठो मुस्कान फ्याकेर ।
अनि आफैले भनी ।

“ऊ चाही मेरो स्कुटर किनेर दिने वाला बाबा हो क्या । किनकि मलाई उसले नानु भन्छ मैले बाबा भन्छु । रिन दिएको रे तिर्न सकेसी तिर्नु भनेको छ । मेनपावरमा फोन उठाएबापत

पाउने ८ हजारले के के मात्र गर्नु । प्रेटोल हाल्न पनि पुग्दैन । “तिमी सँग त कुरा गर्न नि डर लाग्छ लेखेर छाप्दिने हो कि भनेर । म जस्तै तिम्रा कस्टमरको थुप्रै कहानी मैले पढिसके भन्दै ऊ लामो हॉसो हासी ।

लेख्दिन भो नसोधी ? लेखे नि अनुमति लिएर लेख्छु । म पनि ऊ सँगै हासो मिसाएं ।

“तिमी लेख वा नलेख तिम्रो लेखेको पढ्ने फुर्सद मलाई छैन । तर एउटा सत्य के हो भने म जस्ता गरिब केटीको लागी बोई फ्रेन्ड आव्श्यकता हो ।स्वाभाविक हो “ मोबाइल एउटाले किनिदिन्छ ,ब्यालेन्स अर्काले हालिदिन्छ ,एउटाले स्कुटर किनिदिन्छ , अर्कोले प्रेटोल ।लुगा लाउनै पर्‍यो । बेसबुकमा फोटो राख्नै पर्‍यो , एक पटक लगाएको लुगा फेरी फेसबुकमा राखिरहने कुरा भएन ।

लुगाको लागि नि एउटा त चाही गो । ल तिमी आफै भन ? एउटा मात्र बोइ फ्रेन्डले कसरी सबै आबस्कता पुरा गर्न सक्छ ?यस्तो महंगीको जमाना छ ?एउटालाई मात्र सबै आवश्यकता सुम्पिनु पनि त भएन ।कोही त त्यही माथि पनि कन्जुस हुन्छन् । मैले खर्च बाडीयोस भनेर पनि धेरै बोइ फ्रेन्ड बनाएको ।तर तिमी मलाई गलत नसोच ।गलत काम गरेकी छैन ।भावना बेचे,माया बेचें, मायाको नाटक गरेर उनीहरूलाई खुसी दिएकी छु ।त्यस बापत मेरा आवश्यकता पुरा भएका छन् ।

यसलाई तिमीले जसरी अर्थाए पनि मलाई केही फरक पर्दैन । मैले शरीर बेचेकी छैन ।म मायामा ईमान्दर छु । म सबैलाई खुसी दिएको छु । मलाई थाह छ , यो सम्बन्ध लामो हुँदैन । मलाई जति छिटो टुन्गियो त्यति राम्रो किन कि अब मैले बिहे पनि गर्नु छ ।”
ऊ आफूलाई संसारकै राम्री नारीको रूपमा प्रस्तुत गरेर बोल्दै थिई ।

पहिले पहिले पनि मेरोमा आउँदा उसको फोन यस्तै बजिरहन्थ्यो । अरू कस्टमर पनि हुने हुँदा मलाई कुनै हेक्का थिएन । उसको फोन कसको आउँछ वा किन ? यो पटक उसले फोनमा बोलेका कुराले म हैरान थिए । किन यस्तो गर्दैछौ भनेर सोध्न मन थियो । उसका कुरा थाह पाएर पनि के म के पो गर्न सक्छुर ? तर ऊ सधैँ अड्कलीएर बोल्ने केटी हो। धेरै खुल्न चाहदिन थि। तर आज नचाहदा नचाहदै थुप्रै कुरामा खुलीसकी ।उसका कुरा थाह पाएर म एउटा ठुलो युद्ध जितेको महसुस गर्दै थिए ।

मैले उसको फेसियल गरेर प्याक लगाई दिए । आई प्याकले ऑखा बन्द पनि गरी दिए । उसलाई एक छिन निदाउन आग्रह गरे । मैले उसको मोबाइल माग्ने उद्दश्यले भने तिमी कति फोटो जनिक छौ है । कति राम्रो फोटो राख्छौ फेसबुकमा पनि । तिम्रो त ड्रेसपनि कति धेरै !हरेक फोटोमा फरक लुगा लगाउछौ है ? फोटो हेर्छु तिम्रो मोबाइलको लक खोल्देऊ न ?

उसको तारीफ गरेर मोबाइल मागें ।आई प्याक हटाएर उसले लक खोल्दीई । अनि फोटो हेर्न थालेको मात्र के थिए ,उसको मोबाइल फेरी बज्यो ।उसको ऑखा बन्द थियो । नाम के छ हेरत ? ऊ हतारिदै सोधी । नाम ( ड्रेस) थियो ।भनिदिएं ड्रेस । ए हो फोन देऊ ।

“म पार्लरमा छु बेबी ? सधैँ आउथे नि त्यही ? तिमी त्यही आऊ है २० मिनेटमा मेरो काम सकिन्छ ,अनि निस्किउला भन्दै फोन राखी ।
अब म उसका कुरा सबै थाह पाएकोले म मा आत्मबिस्वास बढेको थियो ।प्याक पुछ्दै गर्दा सजिलै सोधे ऊ चाही को नि ?

“मैले फेसबुकमा जति पनि फोटो राखेको छु नि ? सबै ड्रेस उसले नै किनिदिएको । दरबार मार्गमा ठुलो बिजनेश छ फेन्सी वयरको । मैले लगाउने आवश्यकता सबै उसैले पुरा गरिदिन्छ । यो औंठी पनि उसले किनिदिएको मेरो जन्मदिनमा । आफ्नो औला देखाउदै भनी।
अनि बिहे उही सँग हुन्छ त ? मैले सोधे ।

“हुँदैन यार ऊ मारबाडी हो जात नि मिल्दैन । उमेर नि मिल्दैन । ऊ मलाई धेरै माया गर्छु भन्छ , घुमाउन पनि लैजान्छ , मेरो केयर पनि गर्छ । तर बिहे गरु भन्दैन । जात जे भए पनि ऊ सँग बिहे गर्दा मेरो जिन्दगी कमसेकम व्यवस्थित हुन्थ्यो । मेनपावरमा रिसेप्सनिस्टको काम त गर्न पर्दैनथ्यो ?

बिहे नगरेपनि जतिन्जेल सम्म चल्छ चल्न दिन्छु जिन्दगी । बिहे गर्छु त भन्छन् नि । म जस्तै गरिबले ?जो सँग माया मात्र छ । जिन्दगी चलाउनलाई मायाले मात्र हुदोरहेनछ त ?राम्रो लाइफ इस्टाईलको बानी परि सक्यो ।जिन्दगी चलाउन त पैसा चाहिदो रहेछ ।” मैले रोज्नेले मलाई पत्याउदैनन , मलाई रोज्नेलाई मैले पत्याउदिन यसरी नै चलिरहेको छ जिन्दगी ।

उसले कुरा गर्दै गर्दा ऊ बाहिर गाडी मा हर्न बजायो । ढोकाबाट वयट भन्दै मेकअप गरी ।
“यो स्कुटी आजलाई यही छोडे हैं । राम्रो सँग राखिदिए ।
म भोलि कुनै बेला आएर लैजान्छु । ”

“पजेरोको अगाडीको सिटमा बसेर ऊ गई , म पजेरोले मोड नकाटुनजेल उभिएर आधा खुसी आधा दुखी भएर टोलाईरहें ।

अब उसको भविष्य के होला त भन्ने चिन्ता भन्दा पनि हाम्रो समाज कतातिर उन्मुख हुँदै छ भन्ने चिन्ताले पिरोली रह्यो ।