नागरिकता अध्यादेश विरुद्ध परेका मुद्दाको सुनुवाई सकियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नागरिकता अध्यादेश विरुद्ध परेका मुद्दाको सुनुवाई सकियो



काठमाडौं- सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटउपर सुनुवाई सकिएको छ । आज अधिवक्ताहरु बालकृष्ण न्यौपाने, बोर्णबहादुर कार्की, मीरा ढुंगाना, मोहना अन्सारीसहित सरकारी वकिलहरुको बहस गरिसकेका छन् ।

अधिवक्ता मीरा र मोहनाले आमाले बच्चा जन्माइसके पछि बाउ को हो ? भनेर प्रश्न उठाउन नमिल्ने तर्क गर्दै आमाको नामबाट नागरिकता दिनुपर्ने तर्क पेश गरेका छन् भने रिट निवेदक तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ताहरुले कानुन बनाउने अधिकार संसदको भए पनि सरकारको कारण संसद भंग भएको र संसद हुँदासमेत सरकारकै कारण राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको विधेयक पास नभएको, संसद बिघटन भएको मौका छोपी राजनीतिक सौदावाजीका आधारमा जसपाको मागअनुसार लकडाउनको समयमा बिदेशीलाई नागरिकता बाँढ्ने हेतुले अध्यादेश ल्याइएको कारण अन्तरिम आदेश दिनुपर्नै माग राखेका थिए ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, बीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलसमेतले ६ वटा रिट दायर गरेका थिए ।
ती रिटउपर सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको संवैधानिक इजलाशमा सुनुवाई भई अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।