गुल्मी-सम्पर्क समिति (भारत)को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मी-सम्पर्क समिति (भारत)को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत



देबेन्द्र केसी,नयाँ दिल्ली –

प्रवासमा कृयाशिल गैरराजनितिक संस्था गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत )ले प्रथम अधिवेशन भब्यताका साथमा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ -भारत शाखा को कार्यालय हलमा सम्पन्न अधिवेशन मा नेपाल वान टेलिभिजनका समाचार प्रमुख प्रमुख तथा नेपाल पत्रकार महासंघ -भारत शाखा का केन्द्रीय सदस्य ईन्द्रकमल जैरु अतिथि को रुपमा उपस्थित हुनुन्थ्यो । अतिथि को रुपमा नेपाली देशभक्त आवाज का संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ भारतका खेलकूद तथा संस्कृति संयोजक बाबु रोका , बर्तमान अध्यक्ष नबिन जोशी, नेपाल आवाज दैनिक का फोटो पत्रकार तथा योल्मो पाँच पोखरी तामाड· संस्था (रजि·) का मीडिया अध्यक्ष गोपाल भारद्वज , बिधार्थी नेता तथा युथ फोर्स भुर्तुड्ग का सचिव सज्जन ढकाल , देशभक्त आवाजका प्रतिनिधिहरु हरि रोका मगर , राहुल अधिकारी, मनिसा अधिकारी र सानु मगरको उपस्थिति रहेको थियो ।खचाखच भरिएको हलमा बोल्दै प्रमुख अतिथि जैरुले नवनिर्वाचित कार्यसमिति लाई बधाई दिदै भुर्तुड्ग ले दिएको न्यानो माया प्रति आभार ब्यक्त गर्नुभएको थियो । मिडियाकर्मी तथा समिति महासचिव देबेन्द्र केसीले सञ्चालन गरेको घोषणा सभाको कार्यक्रमको अध्यक्षता समिति अध्यक्ष टिका बहादुर कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले बोल्दै नबनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो ।

को को भए निर्वाचित  ?

बन्द सत्रमा उपस्थित भुर्तुड्गेलीहरुले सर्बसम्मत रुपमा समाजसेवी टिका बहादुर कार्की को अध्यक्षता मा नयाँ कार्यसमिति गठन गरेका छन ।जसमा उपाध्यक्ष  मोहन पौडेल , महासचिव तथा मीडिया सचिव देबेन्द्र केसी, सचिव मुकुन्द पौडेल , सहसचिव राजकुमार पौडेल ,कोषाध्यक्ष दिपक पौडेल , सहकोषाध्यक्ष दिपक कार्की, रजिस्ट्रार तथा सड·गठन सचिव कृष्ण प्रसाद पौडेल ,स्वास्थ्य सचिव मोहराज भट्टराई , महिला सं सचिव गौरी सुबेदी, ब्यवस्थापन सचिव डोलराज गौतम, बिदेश सचिव गोपीराम पौडेल , संस्कृति तथा खेल सचिव टिका कणेल र समन्वय समिति सचिव मा किशन पौडेल निर्वाचित हुनुभएको छ त्यस्तै गरि प्रमुख सल्लाहकार मा यम बहादुर हमाल  र सल्लाहकार हरुमा टिकाराम सुबेदी, राम बहादुर केसी र किशन खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिले आन्तरिक कामलाई पारदर्शी र परिणाममुखी बनाउन सात सदस्यीय उपसमिति पनि बनाएको छ  जस्मा अध्यक्ष टिका बहादुर कार्की, उपाध्यक्षमा शितल हमाल ,सचिवमा देबेन्द्र केसी,सदस्य हरुमा क्रमशः सिता सुबेदी , प्रकाश शाह र तर्क बहादुर शाह अनि सल्लाहकारमा राजकुमार सुबेदी पनि निर्बिरोध निर्वाचित हुनुभएको छ ।

को को भए सम्मानित ?

समितिले दुई बर्षे कार्यकालमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार ईन्द्रकमल जैरु, गोबिन्द पोख्रेल र गोपाल भारद्वजलाई प्रशंसा पत्र र मायाको चिनो दिएर सम्मान गरेको छ । समितिले नेपाली देशभक्त आवाजलाई पनि बिभिन्न कार्यक्रमहरुमा उल्लेखनीय सहभागिता जनाएको भन्दै प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेर सम्मानित गरेको छ भने नेपाली सांस्कृतिक परिवार फाउंडेशन भारत र पशुपति सम्पर्क मन्चलाई पनि प्रशंसा पत्र दिएर सम्मान गरेको छ । प्रशंसा पत्र पाउनेमा देशभक्त आवाजबाट बाबु रोका , नविन जोशी,मनिसा अधिकारी, राहुल अधिकारी,हरि रोका , सानु मगर र बाह्य बुद्धिजीवी हरु बाट गोकर्ण ज्ञवाली , मधु पौडेल , सज्जन ढकाल र पत्रकार रजिस्मा केसी लगायत समितिका शिर्ष पदाधिकारीहरु हुनुहुन्छ।

बिहान १० बजे बाट शुरु भएको कार्यक्रम लाई तिन भागमा बाँडेर पहिलो चरणमा उद्धाटन सत्र , दोस्रो चरणमा बन्द सत्र र तेस्रो चरणमा घोषणा सभा गरि सांझ साढे सात बजे सम्पन्न गरिएको थियो। तिनै चरण को कार्यक्रम लाई नेपाल पत्रकार महासंघ -भारत शाखा केन्द्रीय समिति का प्रबक्ता तथा महासचिव देबेन्द्र केसी ले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता टिका बहादुर कार्की ले गर्नु भएको थियो ।

फोटो -गोपाल भारद्वज