अफगानिस्तानमा राष्ट्रपतिमाथि बम हमला, २४ को मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अफगानिस्तानमा राष्ट्रपतिमाथि बम हमला, २४ को मृत्यु



काबुल : अफगानिस्तानमा राष्ट्रपतिले सम्बोधन गर्ने आमसभालाई लक्षित गर्दै भएको बम हमलामा २४ जना मारिएका छन् ।

यही सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचन र्यालीलाई लक्षित गर्दै तालिबानी समूहले बम हमला गरेको थियो । मंगलबार राष्ट्रपति असरफ घानीले उक्त सभालाई सम्बोधन गर्ने तालिका थियो ।

सम्बोधनअघि नै त्यहाँ हमला गरिएको हो । तालिबानले पछिल्लो एक महिनाभित्रै तीनवटा भन्दा धेरै हमला गरिसकेको छ । अमेरिकासँग वार्ताको तयारी भइरहँदा तालिबानी समूहले श्रृंखलाबद्ध हमला गर्न थालेको हो ।

उसको हमलापछि नै अमेरिकाले वार्ता स्थगित भएको जनाएको थियो । अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय निर्वाचन हुन नदिने तालिबानीले चेतावनी दिँदैआएको छ ।