भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा पुग्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा पुग्यो



काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा उक्लेको छ। अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो।

भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अर्धशसकीय पारी खेल्दै ५६ रनमा अविजित रहे।

एडिन मार्क्रमले ५२ रनको अर्धशतकीय इनिङ खेले। कप्तान टेम्बा बाभुमा १० रनमा आउट भए पनि दक्षिण अफ्रिका मध्य क्रममा सम्हालिएको थियो।

भारतका लागि अश्रदीप सिंहले २ तथा मोहमद शामी, रविचन्द्र आश्विन र हार्दिक पाण्ड्याले १/१ विकेट लिए पनि टिमलाई जिताउन पर्याप्त भएन। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन मा सीमित भएको थियो।

भारतका लागि सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय इनिङ खेले भने अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन्। कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन बनाएपछि भारतीय पारी संकटमा परेको थियो।

त्यस्तै अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। दक्षिण अफ्रिकाका लुंगी एनजिडीले ४ विकेट लिएका थिए भने वाएन प्रनिलले ३ विकेट लिएका थिए। यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलमा ५ अंक जोडेको छ। भारत ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।