शाहिद अफ्रिदी नेपाल आउने: काठमाडौं किंग्स-११ मा आवद्ध - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शाहिद अफ्रिदी नेपाल आउने: काठमाडौं किंग्स-११ मा आवद्ध



काठमाडौं- पाकिस्तान क्रिकेटका पूर्वकप्तान शाहिद अफ्रिदी नेपाल आउने भएका छन् । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न उनी नेपाल आउने बहेका हुन् ।

अफ्रिदी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध भएपछि क्रिकेट खेल्न नेपाल आउने भएका हुन् । ४१ वर्षीय अफ्रिदीले (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएपछि उनका प्रशंसकहरू खुशी भएका छन् ।

काठमाडौं किंग्स-११ ले जनाए अनुसार उनलाई टिममा आइकोनिय खेलाडीको रूपमा भित्र्याएको हो। अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी-२० ल खेलेका छन्। टेस्टमा ५ शतक हिर्काएका उनले एकदिवसीय खेलमा ६ शतक बनाएका छन्। उनले एकदिवसीय खेलमा ८ हजार रन बनाएका छन्।

यसअघि काठमाडौंले नेपालका लेगस्पिनर सन्दीप लामिछानेसँग पनि सम्झौता गरेको थियो। यस्तै टिममा दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेल पनि छन्।

इपिएल आगामी असोजमा हुने बताइएको छ। असोज ९ देखि २३ सम्म संचालन गर्न नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुमति दिएको आयोजकको भनाइ छ।

गत सिजनको इपिएल अन्तिम समयमा स्थगित गरिएको थियो। कोरोना भाइरसका कारण आयोजकले २०७६ चैतमा तय भएको इपिएल स्थगित भएको थियो।

काठमाडौंसँगै ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्सले इपिएलले प्रतिस्पर्धा गर्नेछन् । गत सिजन क्रिस गेल लगायतका स्टार क्रिकेटरले इपिएल खेल्ने तय भएको थियो।