भित्री मधेसमा आगलागी हुदाँ करोडौँको क्षति « Himal Post | Online News Revolution
Logo

भित्री मधेसमा आगलागी हुदाँ करोडौँको क्षति



डडेल्धुरा, मङ्सिर २६ गते । परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति आगलागी हुँदा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृ्रत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएअनुसार राति १२ बजे आगलागी भएको थियो । स्थानीयवासी मानबहादुर मालले राससलाई जानकारी गराउनुभयो । पसलभित्र रहेका कुरा नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

मध्यरातमा लागेको आगो आइतबार बिहान अबेरसम्म आएर मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणमा लिन कठिनाइ हँुदा ठूलो क्षति हुन गएको इलाका प्रशासन कार्यालय जोगबुढाका कार्यालय प्रमुख दत्तुराम पाण्डेयले जानकारी गराउनुभयो । पसलमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने पूर्वानुमान गरिएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । रासस