आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति



राजविराज, पुस २०  गते । सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ ।

त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । रासस