अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने



काठमाडौं- पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्ष बनाउने भएको हो ।

माओवादीमा सापकोटालाई उपाध्यक्ष बनाउने छलफल भैरहेको एक केन्द्रीय सदस्यले पुष्टि गरे । आजैको स्थायी कमिटि बैठकले उनलाई उपाध्यक्ष बनाउने निर्णय गर्ने सम्भावना भएको ती केन्द्रीय सदस्यले बताए ।

माओवादीको स्थायी कमिटि बैठक आज बस्दैछ । माओवादीका पदाधिकारी चयन गर्ने बेलामा सापकोटा सभामुख थिए । यसअघि पनि यस विषयमा छलफल हुँदा बरियताको कुराले पछि धकेलिएको थियो ।

हाललाई उपाध्यक्ष कृष्णबहादुर महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी भएको बताइएको छ । २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष महरामात्रै छन् ।