बोक्सीविरुद्ध सामाजिक शिक्षा दिन ‘अग्निदहन’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बोक्सीविरुद्ध सामाजिक शिक्षा दिन ‘अग्निदहन’



काठमाडौँ, भदौ २० ।

बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दसैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए ।

राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । उपाध्याय सो प्रतिष्ठानको अध्यक्ष पनि हुन् । चलचित्रमा वोक्सीप्रथाबारे भएका वास्तविक घटनालाई उतार्नाका साथै बोक्साबोक्सी समाजमा नहुने कुरा देखाइएको छ ।

उक्त चलचित्रको राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सार्वजनिकीकरण गरेकी हुन् । चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, दुर्गा न्यौपाने र विष्णु बास्तोलाको भूमिका छ । घनश्याम लामिछानेद्वारा निर्देशित र लोकमणि पौडेलद्वारा लेखिएको उक्त चलचित्र मकवानपुर, चितवन, पोखरा र काठमाडौँमा छायाङ्कन गरिएको हो ।

करिब रु ८० लाख लागतमा निर्माण गरिएको चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि बनाइने अध्यक्ष उपाध्यायले बताए । रासस