प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा (सूचीसहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा (सूचीसहित)



 

१९ साउन, काठमाडौं ।
सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई एआईजी मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो ।
एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवाल भने बढुवा सिफारिसमै परेनन् ।