एयर इन्डियाको विमान हुरीमा फस्यो, विमानभित्र खैलाबैला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एयर इन्डियाको विमान हुरीमा फस्यो, विमानभित्र खैलाबैला



एजेन्सी – भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ ।

समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

केही यात्रुलाई सामान्य चोट लागेको विमान कर्मचारीले जनाएका छन् । एयर इन्डियाले उक्त घटनाको छानविन गरिरहेको छ ।

अधिकारीहरुका अनुसार उक्त विमान दिल्लीबाट तिरुवन्तपुरम हुँदै कोच्चिका लागि जाँदै थियो । तिरुवन्तपुरमबाट कोच्चि जाँदै गर्दा विमान हुरीको चपेटामा परेको थियो । विमानले सन्तुलन गुमाएपछि यात्रुबीच केहीबेर खैलाबैला मच्चिएको थियो ।