प्रतिक्षारत चलचित्र 'ऐश्वर्य'को ट्रेलर रिलिज (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रतिक्षारत चलचित्र ‘ऐश्वर्य’को ट्रेलर रिलिज (भिडियो सहित)



लामो समय देखि प्रतिक्षारत फिल्म ‘ऐश्वर्य’को ट्रेलर रिलिज गरिएको छ । तिमि रोएको पल भन्ने गीतले अत्यधिक चर्चा बटुलेको बेला उक्त फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

कार्तिक ९ गते छठ पर्वको पारेर रिलिज गरिने चलचित्र ऐश्वर्यमा रमेश उप्रेती, केकी अधिकारी र दिपिका प्रसाइं मुख्य भूमिकामा छन् अर्जुन श्रेष्ठ, किरण राना उप्रेती र निर्मल शर्माले निर्माण गरेको यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

वैष्णो देवी फिल्मसको उक्त चलचित्रको ट्रेलर बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज छ ।

निर्मल शर्माले हिमाल पोष्टसंगको कुराकानीमा बताए “चलचित्रलाई निकै मेहनतका साथ तयार छौँ यसमा दर्शकले भरपुर मनोरंजन लिन सक्ने छन्” ।