आज ११ अाैँ राष्ट्रिय धान दिवस , विभिन्न कार्यक्रम गरी मनाइँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आज ११ अाैँ राष्ट्रिय धान दिवस , विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ, असार १५  ।

आज असार १५ गते अर्थात ११ अाैँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यो वर्ष ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ भन्ने नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । धान दिवसका अवसरमा ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना गरिएको कृषि मन्त्रालयले जनाएको छ । नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ ।

कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ  ।