आजको यात्रा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आजको यात्रा



– सृजन ढकाल

आज सहरमा ठुला ठुला महलहरू दृष्टिमा पर्दा मलाई लाग्दै थियो कि ए साँच्चै प्रजातन्त्र आएछ नेपालमा अफसोस त्यही बेला सललल गुडेको गाडी गल्टयाङ मल्टयाङ हुन लाग्यो । खिट्की बाहिर आफ्नो नजर पुर्याउदा फेरी दृष्टि पर्‍यो त्यो बगरको बस्तीमा जहाँ अस्ति नेता भनिबक्सदा हस्तिले सुनौलो बस्ती बसाउने आश्वाशन दिएर भोट मागिबक्सेथ्यो तर बस्ती बसाल्न बजेट पास भएनछ अरे ।

हुन त बजेट पास भैहाल्यो भने अर्को चुनावमा मासु, चिउरा, रौसिँ खुवाउने पैसा नपुग्ने ठम्याइ भएर होला नेताज्युले आफ्नै झोला भरिबक्सेका । बस्तीछेउ गाडी के रोक्न भ्याउनु भात्ह्यो गुरुजिले, प्रजातन्त्रले नतमस्तक भएका मानिसहरू पानी मकै भन्दै ओहिरो लागे । यो विकासको श्रेय हाम्रै पुज्य महाराज श्री नेताजिलाई जान्छ । खाना खाने समय बिस मिनेट खल्तिमा च्यापेर म त्यो प्रजातन्त्र पछिको कहिनभएको विकसित बस्तीमा पुगे । वर्षायाम भएर होला मानिसले बाटो बाटैमा भ्यागुता पालन गरेका थिए । सायद विज्ञानको प्रयोगको लागी आफ्नै गाउठाउँको स्वदेशी उत्पादन थियो , त्यसमा पनि प्रजातान्त्रिक भ्यागुता ।

अहो! धन्न मेरो विशाल बजारमा २ वटा हजार हालेर ल्याएको जुत्ता च्यातिएन त्यो प्राकृतिक बाटोमा । आघिल्लो पल्टको चुनावमा भोट माग्दा नेताज्युले पानी बाटो बिजुली ल्याइदिन्छु भनिबक्स्याथ्यो रे सायद अर्को चुनावमा फेरी आश्वासनको ज्योति बाल्नलाई साचेका होइबक्सेला ।
सहरमा लग्थ्यो कि प्रजातन्त्र आएपछि त यसरी विकास हुदोरहेछ भनेर लेकिन बल्ल थाहाभयो कि उहिले प्रजातन्त्र गाउँतिर आउँदा भिरबाट खसेर मरिचन ।

खाना खाने समय सकिएपछी म अघि बढे । ६०१ मि, के अघि गएको थिए ३ घण्टाको लागी बाटो बन्द भनेर गुडिरहेको गाडी रोकियो । अघि एउटा कुखुरो मरेछ र सरकार पक्षले बन्द गरेको रे ।यहाँ निर भने फेरी प्रजातन्त्र आएझै अनुभूति भयो । मनमा लाग्न थाल्यो धन्न कुखुरो मरेछ, भैंसी मरेको भए त अनिश्चित कालीन नै हुन्थ्यो भनेर । अघिनैको बस्ती र सहर दिमागमा सिंगौरी खेल्न थाले । ६०१ माहान आत्मा मगज मा टुप्लुक्क आइपुगे ।अब भने चुनावको ती आमृतवाणी भाषाण सम्झेर पारो चढ्न थाल्यो । गफ गर्न त हामीले नेताबाटै सिक्नुपर्ने , त्यति मिठा गफ त आफ्नो परको मामाको साइला छोरको पानी मन्तरे ज्वाइले आफ्नो कलेजमा भर्ना गर्दिने बेला नि लाउनन् ।

अब भने मनमा जोस आयो , देशको माया उम्म्लिन थाल्यो अनि सोचे यो देश ती ६०१ महान् टाउकेको रखेलको सम्पती होइन जे मनमा लाग्यो त्यही गर्न । धनी झानै धनी अनि गरिब झानै गरिब हुने कुप्रथा दाहंसस्कार गरिनु पर्छ । अब कुनै जात धर्मा आदी इत्यादिको बहानामा सिँगौरी खेल्नुभन्दा हामी नेपाली हाम्रो नेपाल भनेर अघि बढ्नु बाहेक अरू उपाए नहुँदा हामी मिलेर हाम्रो राष्ट्रलाई समृधी तर्फ लाईजानु आत्याबस्यक छ ।एती सोच्दा सोच्दै बाटो खुल्यो अनि म फेरी मेरो गन्तव्य तर्फ लागे ।