आज कृष्ण अष्टमी अर्थात् श्रीकृष्णको जन्मोत्सव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आज कृष्ण अष्टमी अर्थात् श्रीकृष्णको जन्मोत्सव



काठमाडौं, साउन ३० गते ।

भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।

‘कर्म गर, फलको आशा नगर’ भन्ने भगवान् श्रीकृष्णको आदर्शमय वाक्य सधैंका लागि र सबैका लागि यसै दिन संस्मरण गरेर भगवान् श्रीकृष्णप्रति भक्तिभाव प्रकट गर्ने गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णाष्टमीका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।