अजर जंगमको आकाश मिचिएको सहर सार्वजनिक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अजर जंगमको आकाश मिचिएको सहर सार्वजनिक



हिमाल पोस्ट / काठमाडौँ

आकाश मिचिएको सहर गजल सङ्ग्रह आज एक समारोहका बिच इन्द्रेणी फूड ल्याण्डबाट सार्वजनिक गरिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकाश शरण महतले उक्त गजल सङ्ग्रह सार्वजनिक गरेका हुन ।

दीपक जंगम, हरी लम्साल, किरण कडेल र अजर जंगमको  सङ्गीत, भुपेन्द्र महत द्वारा लिखित, भुपेन्द्र महतको प्रस्तुति बिन्द्यवासीनी म्युजिक द्वारा बजारमा ल्याइएको गजल सङ्ग्रह आकाश मिचिएको सहर निकै कर्णपृय गजलको प्याकेज हो ।

पछिल्लो पुस्ताले रुचाइएका गायक अजर जंगम नेपालका राष्ट्रिय खेलाडी पनि हुन ।

दर्जनौ दिग्गज कलाकार र संगीतकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गजल सङ्ग्रहका दुई उत्कृष्ट भिडियो पनि प्रदर्शन गरिएको थियो ।