अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख दिने सरकारको निर्णय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख दिने सरकारको निर्णय



हिमाल पोष्ट\काठमाडौं, वैशाख ७

 

अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । धादिङ–काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्याबारे मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

अजितले २०७३ साल असार २५ गते काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेम विवाह गरेका थिए । २५ गते बिबाह गरेका उनको शव असार ३० गते धादिङमा फेला परेको थियो ।

काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । परिवारले दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो  ।