एडीलेड खुकुरी फुटबल क्लबको फेरी अर्को जित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एडीलेड खुकुरी फुटबल क्लबको फेरी अर्को जित



एडीलेड |

साउथ अस्ट्रेलियन अमेचर लिग अन्तर्गत गत आईतबार भएको रोमान्चक खेलमा एडीलेड खुकुरी फुटबल क्लब बिजयी भएको छ । उक्त जितसंगै एकेएफसी अंक तालिकामा तेस्रो हून सफल भएको छ ।

आफु भन्दा समूहमा माथी रहेको पोलोनियासंग जितको नतीजा निकाल्न पर्ने भएकाले पहिलो हाफमा निकै आक्रामक रुपमा एकफसी प्रस्तुत भएको थियो । सुरुवाती चरणमा एकेफसीले मौकाको फाईदा उठाउन नसक्दा पोलोनिया टिमले पहिलो गोल गर्न सफल भएको थियो । एडीलेड खुकुरी फुटबल क्लब पहिलो हाफको सुरुवातमा भएको पेनाल्टीलाई पनि सदुपयोग गर्न असफल भएको थियो । पेनल्टी किक प्रहार गर्न आगाड़ी बढेका सुमन थापाले गोल गर्न असफल भए ।

दोस्रो हाफमा पनी एकेफसी आक्रामक रुपमा प्रस्तुत भयो । सुमन थापाले आगाड़ी बढाएको बलमा राज़िश महर्जनले सुन्दर गोल गरेका थिए । गोलसंगै खेल्मा फर्केको एकेफसीले राज़िश महर्जनकै अर्कों गोलमा खेल आफ़नो पक्षमा राखन सफल भयो । एकेएफसीको लागी तेस्रो गोल कृष्ण थापाले गरे । कोच डेनियल घिमिरेले ४-३-३ को रणनीति सहित मैदनमा आफ़नो टीम उतारेका थिए ।